Logo
Logo

कृष्णनगरमा प्रहरीको गोलीबाट एकको मृत्यु, प्रशासनद्वारा अनिश्चितकालिन  कर्फ्यू 


- दृष्टि न्युज/संवाददाता

0
Shares

कपिलवस्तु, १४ कात्तिक ।
कपिलवस्तुको कृष्णनगर तनावग्रस्त बनेको छ । दुई समूहबीचको झडपपछि तनाव भएको हो ।
कृष्णनगर बजारमा प्रहरीको गोली लागेर एक जनाको ज्यान गएको छ । गोली लागेर कृष्णनगरका २० वर्षीय सुरवकुमार पाण्डेको ज्यान गएको हो ।
लक्ष्मीको मूर्ति विसर्जन गर्ने क्रममा विवाद हुँदा कपिलवस्तुको कृष्णनगर बजार क्षेत्रमा कर्फ्यू जारी गरिएको छ । बिहान ११ बजेदेखि अर्को आदेश नभएसम्म कर्फ्यू लगाइएको जिल्ला प्रशासन कार्यालय कपिलवस्तुले जनाएको छ ।


कार्यालयले कृष्णनगर भन्सार कार्यालयदेखि उत्तर(पश्चिमतर्फ सात सय मिटर र पूर्वतर्फ तीन सय मिटरको क्षेत्रमा कर्फ्यू जारी गरेको छ । कर्फ्यूको अवज्ञा गरे कानुन बमोजिम कारबाही गर्ने चेतावनी पनि दिइएको छ ।

बुधबार बेलुकी लक्ष्मीको मूर्ति विर्सजन गर्ने क्रममा झडप हुँदा १० जनाभन्दा बढी घाइते भएका छन् । तनाव बढेपछि बुधबार प्रहरीले ५० राउण्डभन्दा बढी अश्रुँग्यास प्रहार गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्