Logo
Logo

ठूला जुवाडेलाई सात दिन थुन्न सिडिओको आदेश


- दृष्टि न्युज/संवाददाता

0
Shares

काठमाडौं, १४ कात्तिक ।
दुई करोड ६७ लाख नगदसहित पक्राउ परेका जुवाडेलाई सात दिन थुनामा राखेर अनुसन्धान गर्न जिल्ला प्रशासन कार्यालय काठमाडौंले आदेश दिएको छ । काठमाडौंका सिडिओ जनकराज दाहालको बिहीबार सो आदेश दिएका हुन् ।


गत ९ कात्तिको बेलुका महाराजगञ्जस्थित बिक्रम गौतमको घरबाट प्रहरीले २५ जनालाई पक्राउ गरेको थियो । जसमा धेरै जसो व्यापारीहरु छन् । उनीहरु छुट्नका लागि सर्वाेच्च अदालत गएपनि सफल भएनन् ।
बलराम सापकोटा, सोभित सिलवाल, प्रदीप बोगटी, रामकृष्ण केसी, इन्दु श्रेष्ठ, रञ्जन राजबंशी, सीताराम खड्का, रोशन तामाङ, राम तामाङ, कृष्ण भण्डारी, सुमन गुरुङ, सुमन अग्रवाल, सोहेल कार्की, पवन गुप्ता, पवित्रकुमार कार्की, बलराम सापकोटा, मुक्ति लामा, भक्त तामाङ, शम्भु बुढाथोकी, प्रेम थापामगर, अशोक श्रेष्ठ, श्यामप्रसाद पराजुली, बुद्ध लामा, थम्कु शेर्पा र नवाङ लामालाई प्रहरीले पक्राउ गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्