Logo
Logo

राष्ट्रिय सुरक्षाको क्षेत्र व्यापक बन्दै गइरहेको छ : प्रधानसेनापति


4.2k
Shares

काठमाडौं । प्रधानसेनापति प्रभुराम शर्माले शीतयुद्धपश्चातको परिवर्तित विश्वव्यवस्था तथा तीव्र गतिमा बढी रहेको विश्वव्यापीकरणले राष्ट्रिय सुरक्षाका क्षेत्रलाई व्यापक बनाउँदै लगेको बताएका छन् ।

रक्षा मन्त्रालय र नेपाली सेनाले संयुक्त रुपमा आयोजना गरेको उच्चस्तरीय राष्ट्रिय सुरक्षासम्बन्धी तालिमको उद्घाटन गर्दै प्रधानसेनापति शर्माले राष्ट्रिय सुरक्षामा पैदा हुने बाह्य खतराको सामना गर्न सैन्य शक्तिको महत्व तथा आवश्यकता यथावत नै रहेको तथ्यलाई विश्वका धेरै घटनाक्रम र विशेषतः जारी रुस–युक्रेन युद्धले पुष्टि गरेको धारणा व्यक्त गरे ।

नेपालको राष्ट्रिय सुरक्षा नीतिले राष्ट्रिय हितको अभिवृद्धि एवं राष्ट्रिय सुरक्षा सुदृढीकरणको दिशामा कोशेढुङ्गाको काम गर्ने बताउँदै प्रधानसेनापति शर्माले राष्ट्रिय हित, सुरक्षा, अन्तर्राष्ट्रिय सम्बन्धलगायतका महत्वपूर्ण विषयमा व्यापक अध्ययन, अनुसन्धान तथा अन्तक्र्रियाका लागि आवश्यक राष्ट्रिय प्रतिरक्षा विश्वविद्यालय सञ्चालनका लागि भौतिक संरचनाको निर्माण तीव्ररुपमा अघि बढी रहेको बताए ।

रक्षा मन्त्रालयका सचिव किरणराज शर्माले तालिमबाट राष्ट्रिय सुरक्षाका विभिन्न आयम र पक्षमा ज्ञान हासिल भई मन्त्रालय, विभाग र अरु निकायमा रणनीतिक नीतितर्जुमा गर्न मद्दत गर्ने विश्वास व्यक्त गरे ।

उनले भने– ‘राष्ट्रिय तथा अन्तर्राष्ट्रिय बहुआयामिक चुनौती र आन्तरिक द्वन्द्व अन्त्य गर्न सेनालगायत अन्य सुरक्षा अङ्ग र सम्बन्धित मन्त्रालय एवं निकायको क्षमता अभिवृद्धि गर्न आवश्यकता छ ।’

प्रतिक्रिया दिनुहोस्