Logo
Logo

तरुण दलका नेता पेस्तोलसहित पक्राउ


- दृष्टि न्युज/संवाददाता

0
Shares

बाँके, १५ कात्तिक ।
नेपाल तरुण दलका नेपालगन्ज नगर सभापति सन्दिपजंग शाहलाई इलाका प्रहरी कार्यालय कोहलपुरले पेस्तोलसहित नियन्त्रणमा लिएको छ । बिहीवार बेलुकी उनलाई मेड इन यूएसए लेखेको अटोमेटिक पेस्तोलसहित नेपालगन्ज उपमहानगरपालिका–२०, मनिकापुर स्थित नमस्ते भिलेज रिसोर्टको पार्किङबाट नियन्त्रणमा लिएको इलाका प्रहरी कार्यालय कोहलपुरका प्रमुख प्रहरी नायव उपरीक्षक हेमबहादुर शाहीले बताए ।

शाहको साथबाट ‘मेड इन यूएसए’ लेखेको अटोमेटिक पेस्तोल, त्यसमा लाग्ने दुई राउण्ड गोली र म्याग्जिन पनि बरामद भएको डिएसपी शाहीले जानकारी दिए । शाहले प्रयोग गर्ने बा १८ च ४२११ नम्बरको खैरो मारुती सुजिकी कारको सिटमुनी लुकाई राखेको अवस्थामा बेलुकी करिव ८३० बजे पेस्तोल बरामद भएको हो ।

प्रहरीले शाहसगै नेपालगन्ज उपमहानगरपालिका–१०, भृकुटीनगरका ४० वर्षीय दिनेश कुमार शाही, नेपालगन्ज उपमहानगरपालिका–१२ का ५४ वर्षीय राघव शाह (कानु), ३५ वर्षीय माधव नेपाली, नेपालगन्ज–४ का ३५ वर्षीय प्रितम थापा र नेपालगन्ज–२० का यामबहादुर बुढालाई पनि नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरेको जनाएको छ । पक्राउ परेकाहरु गुन्डागर्दीमा संलग्न व्यक्तिहरु भएको प्रहरीको भनाई छ ।

प्रतिक्रिया दिनुहोस्