Logo
Logo

ब्राजिलका राष्ट्रपतिद्वारा अखबारको ग्राहक नबन्ने घोषणा !


- दृष्टि न्युज/संवाददाता

0
Shares

ब्रासिलिया, १५ कात्तिक (एएफपी) । ब्राजिलका राष्ट्रपति जेयर बोल्सोनारोले ब्राजिलको एउटा मुख्य अखबारको ग्राहक नबन्ने घोषणा गरेका छन् ।
राष्ट्रपति बोल्सोनारोले देशका प्रमुख सञ्चार माध्यमले आफ्ना नीतिमाथि निरन्तर आलोचना गरेको भन्दै निरन्तर आक्रोश व्यक्त गरिरहेका छन् ।
राष्ट्रपति बोल्सोनारोले फेसबुकबाट प्रत्यक्ष प्रसारित साप्ताहिक सम्बोधनका क्रममा भने, ‘आज मैले मेरो कार्यकारी शक्तिको प्रयोग गरी फोल्हा अखबारको ग्राहक रद्द गरेको छु । फोल्हा पत्रिका पढ्न चाहनेले ब्रासिलियाका बस स्टेसनमा रोकिएर किन्न सक्नेछन् ।’
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पनि गत साता अमेरिकाका दुई वटा ठूला अखबारहरु दि न्यूयोर्क टाइम्स र वासिङ्टन पोस्टको ग्राहक नबन्ने घोषणा गरेका थिए । ब्राजिली राष्ट्रपति बोल्सोनारो पनि अमेरिकी राष्ट्रपति ट्रम्पकै शैली पछ्याउन रुचाउँछन् ।
ब्राजिली राष्ट्रपतिले फोल्हा, टिभी ग्लोबो र भेजा म्यागाजिन समेतका ब्राजिली सञ्चार माध्यममाथि राष्ट्रपति चुनावी अभियानदेखि गत जनवरीमा राष्ट्रपतिको सपथ लिएयता निरन्तर आलोचना गरिरहेका छन् ।
‘हामीले यस्ता अखबारका लागि बढी पैसा खर्च गर्नु आवश्यक छैन । फोल्हामा जसले विज्ञापन गरिरहेको छ सचेत रहनू’ बोल्सोनारोले चेतावनी पनि दिएका छन् । फोल्हाले एक विज्ञप्ति प्रकाशन गरी बोल्सोनारोको विभेदकारी कदमप्रति खेद व्यक्त गरेको छ । फोल्हाले सरकारका कामकारवाहीमाथि निरन्तर निगरानी राख्ने र गैर–पक्षधर पत्रकारितालाई निरन्तरता दिने जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्