Logo
Logo

सबैलाई समान र न्यायोचित अवसर प्रदान हुन्छः महानिरीक्षक अर्याल


630
Shares


काठमाडौं । सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले संगठनमा सरुवा बढुवा र सेवा सुविधा लगायतका विषयमा पद्धती विकास गरिएको र सबैलाई समान र न्यायोचित अवसर प्रदान गर्ने दिशामा अघि बढिरहेको बताएका छन् ।


संगठनलाई उत्कृष्ट संयन्त्र बनाउन संगठनका हरेक कर्मचारीले आफ्नो क्षमतालाई कार्यक्षेत्रमा लगानी गरी व्यक्तिगत स्वार्थ, आग्रह र पूर्वाग्रहलाई थाँती राखेर नेतृत्वसँग हातेमालो गर्दै संगठनको विकास र विस्तारमा एउटै लक्ष्यका साथ अघि बढ्न उनले निर्देशन दिएका छन् ।


राष्ट्रिय सशस्त्र प्रहरी बल प्रशिक्षण प्रतिष्ठान मातातिर्थमा संचालित सि.सं. २ प्रशासनिक व्यवस्थापन (सिनियर अधिकृत) तालिम र सि.सं. ३० गुल्मपति तथा स्टाफ तालिम सम्पन्न तथा सि.सं. ५ ईन्टेलिजेन्स (सिनियर अधिकृत) तालिमको सुरुवात गर्दै उनले सो कुरा बताएका छन् ।
फौजी संगठनलाई चलायमान बनाईराख्न तालिमको विशेष महत्व रहने उल्लेख गर्दै तालिमले संगठनका राष्ट्रसेवक कर्मचारीहरुलाई लगनशिल, अनुशासित, कर्तब्यनिष्ठ बनाउनुको साथै पेशागत दक्षता अभिबृद्धि र संगठनप्रति अझ निष्ठावान बनाउने उनको भनाई छ ।
महानिरीक्षक अर्यालले कार्यक्षेत्रमा संगठनले प्रदर्शन गर्ने व्यावसायिकता त्यहाँ कार्यरत कर्मचारीमा निर्भर हुने बताउँदै कर्मचारीले सम्पादन गर्ने हरेक काम कारवाहीको सफलता तथा असफलता उसले लिएको सेवाकालिन तालिमहरुबाट निर्देशित हुने बताए । सशस्त्र प्रहरी बल नेपाललाई राज्यले सुम्पिएको जिम्मेवारी सफलतापूर्वक निर्वाह गर्न संगठनका हरेक सदस्य शारीरिक रुपमा सबल र मानसिक रुपमा सक्षम, इमान्दार, अनुशासित हुनु अपरिहार्य रहेको बताउँदै सकारात्मक सोचका साथ सम्पादन गरिने कुनै पनि काम कारवाहीले उत्कृष्ट नतिजा हासिल गर्दै सुरक्षा वृत्तमा संगठनलाई अब्बल सुरक्षा संयन्त्र सावित गर्न थप टेवा पुर्याउने उल्लेख गरे ।
सशस्त्र प्रहरी बल नेपालले राष्ट्रसेवक सशस्त्र प्रहरी कर्मचारीहरुको लागि उपलब्ध गराउने पेशागत तालिममा विशेष चासो राखेर नियमित संचालन गरिरहेको उल्लेख गर्दै अर्यालले समय अनुसार प्रविधिको विकाससँगै बढ्दै गएको सुरक्षा चुनौतीहरुलाई परास्त गर्न सक्ने दक्ष जनशक्ति उत्पादनमा प्रशिक्षण प्रतिष्ठानले पु¥याएको योगदानको प्रशंसा गरे । साथै आगामी दिनमा प्रशिक्षण कार्यलाई समयानुकुल थप आधुनिक र वैज्ञानिक बनाउँदै लैजान सो प्रतिष्ठानलाई निर्देशन समेत दिएका छन् ।
६ हप्ता अवधिकोे प्रशासनिक व्यवस्थापन तालिममा २७ जना, १२ हप्ता अवधिको गुल्मपति तथा स्टाफ तालिममा ३३ जना र ईन्टेलिजेन्स तालिममा २६ जना अधिकृतहरुको सहभागिता रहेको छ ।

प्रतिक्रिया दिनुहोस्