Logo
Logo

सातै प्रदेशका प्रदेश प्रमुखहरु पदमुक्त


- दृष्टि न्युज/संवाददाता

0
Shares

काठमाडौं, १७ कार्तिक । सरकारले सातै प्रदेशका प्रदेश प्रमुखलाई पदमुक्त गरेको छ । आइतबार बसेको मन्त्रिपरिषद् बैठकले प्रदेश प्रमुखलाई पदमुक्त गर्न राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष सिफारिश गरेको थियो । सोही सिफारिशका आधारमा प्रदेश प्रमुखहरुलाई संविधानको धारा १६५ को उपधारा १ बमोजिम पदमुक्त गरिएको राष्ट्रपति कार्यालयले जनाएको छ ।
सातै प्रदेश प्रमुखलाई नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा नेतृत्वको तत्कालीन सरकारले २०७४ माघ ३ गते नियुक्त गरेको थियो । ०७४ मंसिरमा सम्पन्न आमनिर्वाचनमा पराजित भइसकेपछि कांग्रेस नेतृत्वको सरकारले प्रदेश प्रमुख नियुक्त गरेको थियो । उक्त नियुक्तीको तत्कालीन नेकपा एमालेले असहमति जनाउँदै नयाँ सरकार बन्नासाथ प्रदेश प्रमुखलाई हटाउने बताएको थियो । २०७४ फागुन ३ गते केपी शर्मा ओली नेतृत्वमा वर्तमान सरकार गठन भएलगत्तै प्रदेश प्रमुख हटाउने अनुमान थियो ।

प्रतिक्रिया दिनुहोस्