काठमाडौं । नेपाल प्रहरीको ३० औं महानिरीक्षकमा बसन्तबहादुर कुँवर नियुक्त भएका छन् । शुक्रबारको मन्त्रिपरिषद्को बैठकले उनलाई नियुक्त गरेको हो ।
एसएसपीमा १३ औं नम्बरमा रहेका कुँवर डिआइजी र एआइजीमा पहिलो नम्बरमा बढुवा भएका थिए । त्यसमा हालका महानिरीक्षक धिरजप्रताप सिंहको प्रमुख भूमिका थियो । दुवै बढुवामा सिंहले नै उनको पक्षमा अडान लिएका थिए । सिंह बसन्तलाई नै भावी महानिरीक्षक बनाउन चाहन्थे । जसमा उनी सफल भएका छन् ।
कुँवरलाई महानिरीक्षक बनाएलगत्तै प्रधानमन्त्रीले भेटेर बधाई दिएका छन् ।