Logo
Logo

अर्घाखाँचीमा कार दुर्घटना, ३ जनाको मृत्यु, दुई घाइते


- दृष्टि न्युज/संवाददाता

0
Shares

अर्घाखाँची, २० कार्तिक । सन्धिखर्कको नरपानीमा आज कार दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ । गोरुसिंगे–सन्धिखर्क सडकखण्डको नरपानीमा केहीबेर अघि बा १७ च ६९१७ नम्बरको कार दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको स्थानीय प्रकाश महत्राले जानकारी दिए । दुर्घटनामा दुई जना घाइते भएका छन् । कार रुपन्देहीको सैनामैनाबाट सन्धिखर्क आउँदै थियो ।
घटनामा दुई पुरुष एक महिलाको मृत्यु भएको र उनीहरुको पहिचान हुन बाँकी छ । घाइतेलाई उपचारका लागि प्राथमिक स्वास्थ्य केन्द्र पठाइएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक प्रकाश विष्टले बताए । घटनास्थलमा स्थानीयवासी र प्रहरीले उद्धार गरिरहेका छन् ।

प्रतिक्रिया दिनुहोस्