Logo
Logo

सीमा अतिक्रमणकोे विरोधमा प्रदर्शन


- दृष्टि न्युज/संवाददाता

0
Shares

भक्तपुर, २० कार्तिक । नेपाली सीमा अतिक्रमण गरी भारतले जारी गरेको नक्साको विरोध गर्दै नेपाल मजदूर किसान पार्टीले विरोध -याली प्रदर्शन गरेको छ ।
नेमकिपाले आज बुधबार भक्तपुरको कमलबिनायकबाट शुरु गरेको विरोध ¥याली भक्तपुर नगर क्षेत्रको विभिन्नस्थान परिक्रमा गरी सुर्यविनायक चोकमा पुगेर विरोधसभामा परिणत भएको थियो ।
लामो समयदेखि नेपाली सीमाबारे विवाद जारी रहेको लिपुलेक, लिम्पियाधुरा र कालापानीलाई भारतले आफ्नो देशको नक्सामा राखेर जारी गरेको भन्दै यसको विरोध गरिएको हो ।
विरोधसभामा बोल्दै नेमकिपाका सचिव एवं प्रतिनिधिसभाका सांसद प्रेम सुवालले भारतले सीमा अतिक्रमण गरी जारी गरेको नक्साको बारेमा सरकारले तत्काल चासो दिएर अन्तर्राष्ट्रिय मञ्चलाई घच्चघचाउनुपर्ने बताए । उनले सत्तामा रहेका दल र ठूला राजनीतिक दलहरुले तत्काल भारतको विरोध गर्न नसक्दा भारतले सीमा अतिक्रमण गरेको विचार व्यक्त गरे ।
जम्मु कश्मीरमा भारतको हस्तक्षेपबारे नेपाली नेताले बोल्न नसक्नु र संयुक्त राष्ट्रसंघमा भएको सभामा नेपाली पक्षले सीमा विवादबारे विषय उठाउन नसक्दा अहिले भारतले नेपालको सीमा मिच्न बल पुगेको उनको आरोप छ ।
सांसद सुवालले नेपाली सीमा अतिक्रमण गरी भारतले जारी गरेको नक्सा नसच्चाएसम्म नेमकिपाले सडक र सदनमा विरोध जारी राख्ने बताए । रासस

प्रतिक्रिया दिनुहोस्