Logo
Logo

एमालेका बरिष्ठ उपाध्यक्ष पोखरेल र चीनका राजदूतबीच भेटवार्ता


693
Shares

काठमाडौं । नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल र जनवादी गणतन्त्र चीनका राजदूत चेन सोङ्गबीच बिहीबार भेटवार्ता भएको छ ।

वरिष्ठ उपाध्यक्ष पोखरेललाई भेट्न राजदूत सोङग् पोखरेल निवास धापासी पुगेका थिए । पोखरेल र सोङ्गबीच दुई देशको सम्बन्धका विषयमा महत्वपूर्ण छलफल भएको थियो । दुई देश र जनताको सम्बन्धलाई थप सुदृढ बनाउने विषयमा वरिष्ठ उपाध्यक्ष पोखरेल र राजदूत सोङ्गले जोड दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्