Logo
Logo

खल्ती वालेटका दुई कर्मचारी सिआइबीको हिरासतमा


882
Shares


काठमाडौं । रकम हिनामिना गरेको आरोपमा मोबाइल वालेट कम्पनी खल्तीका दुईजना कर्मचारी पक्राउ परेका छन् । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले सन्देश स्वाँर र अनिल कार्कीलाई पक्राउ गरेको हो । उनीहरूमाथि करिब ७० लाख रुपैयाँ हिनामिनाको आरोप छ ।


कम्पनीले नै दिएको उजुरीका आधारमा उनीहरू पक्राउ परेको सिआइबीले जनाएको छ । मोबाइल वालेटमा होल्डमा हुने कारोबारको हिसाब मिलाउन बनाइएको फन्डको रकम उनीहरूले डिजिटल कारोबारमार्फत आफूले प्रयोग गरी कम्पनीलाई ठगी गरेका हुन् । ठूलो रकम हिनामिना भएपछि कम्पनीले प्रहरीमा उजुरी गरेको थियो । गत साता पक्राउ परेका उनीहरुविरुद्ध ठगी तथा आपराधिक विश्वासघात मुद्दामा अनुसन्धान अघि बढाइएको सिआइबीका एसपी सञ्जयसिंह थापाले बताए ।


यो घटनाले सो कम्पनीमा नियमन प्रणाली कमजोर रहेको बाहिरिएको छ ।

प्रतिक्रिया दिनुहोस्