Logo
Logo

देशको समस्या समाधानका लागि नयाँ सोच र हिम्मत जरुरी छ : अध्यक्ष नेपाल


504
Shares

झापा । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले मुलुकको हरेक समस्या पहिचान र समाधान गर्न नेता–कार्यकर्ता लाग्नुपर्नेमा जोड दिएका छन् ।

पूर्वप्रधानमन्त्रीसमेत रहेका अध्यक्ष नेपालले शुक्रबार पार्टीको स्कूल विभाग झापाले भद्रपुरमा सुरु गरेको दुईदिने ‘अगुवा कार्यकर्ता प्रशिक्षण कार्यक्रम’लाई सम्बोधन गर्दै यस्तो बताएका हुन् । उनले मुलुकको समग्र विकासका लागि सबै एकजुट भएर लाग्नुपर्ने आवश्यकता औँल्याउँदै भने, ‘देशको समस्याको पहिचान, कारण र समाधानका लागि लाग्नुपर्छ । त्यसका लागि नयाँ सोच, आँट र हिम्मत जरुरी छ ।’

उनले मुलुकको राजनीतिक कोर्स फेर्न आफूहरूले योगदान गरेको चर्चा गर्दै नेता–कार्यकर्तालाई निराश नभई नयाँ सोच, ऊर्जाका साथ अघि बढ्न निर्देशन दिए । पुराना पुस्ताबाट अब युवापुस्ताले जिम्मेवारी लिनुपर्नेमा जोड दिँदै अध्यक्ष नेपालले युवापुस्तालाई प्रोत्साहन गर्दै अघि बढ्नुपर्ने बताए ।

पार्टीका झापा अध्यक्ष बेदराज रेग्मीको अध्यक्षतामा भएको कार्यक्रमको पहिलो दिन पार्टी अध्यक्ष नेपाल, उपाध्यक्ष घनेन्द्र बस्नेत र उपमहासचिव जगन्नाथ खतिवडाले प्रशिक्षण दिएका थिए ।

शनिबार वरिष्ठ नेता झलनाथ खनाल, महासचिव घनश्याम भुसाल र कोशी प्रदेश कार्यवाहक अध्यक्ष धर्मराज निरौलाले प्रशिक्षण दिने कार्यक्रम रहेको पार्टीका जिल्ला सचिवालय सदस्य तीर्थ सिग्देलले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्