Logo
Logo

लुम्बिनीमा डिआइजी जोशी, बागमतीमा राणा


6.2k
Shares


काठमाडौं । नेपाल प्रहरीका दुई डिआइजीको काज सरुवा भएको छ । डिआइजी उमेशराज जोशीलाई लुम्बिनी तथा किरण राणालाई बागमती प्रदेशको प्रमुखका खटाएको हो ।


दुवै प्रदेशमा डिआइजी पद रिक्त थियो । कसलाई पठाउने विवादका कारण सरुवामा ढिलाई भएको थियो ।

मधेसमा डिआइजी दुर्गा सिंहको नाम सिफारिस भएपनि रोकिएको छ । मधेसमा एसएसपी खटाउन चलखेल भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्