काठमाडौं । त्रिभुवन विश्वविद्यालय (त्रिवि) अन्तर्गत रोकिएका क्याम्पसहरुमा स्ववियु निर्वाचन यही चैत ३० गते गर्न विद्यार्थी संगठन सहमत भएका छन् ।
तालाबन्दी र अन्य विभिन्न कारणले चैत ५ गते मतदान हुन नसकेका क्याम्पसहरूमा ३० गते मतदान गर्ने गरी नेविसंघ, अखिल, अखिल क्रान्तिकारी र अनेरास्ववियूबीच सहमति भएको हो ।
चुनाव हुन बाँकी क्याम्पसमा नयाँ कार्यतालिका प्रकाशित गरी चैत ३० गते मतदान गर्ने सहमति भएको उनीहरुले विज्ञप्ति जारी गरेर जानकारी दिएका छन् ।
उनीहरूले यसबीचमा पनि चुनाव विथोलिने र तालाबन्दी गर्ने काम भए प्रशासनको सहयोगमा ताल खोली निर्वाचन प्रक्रिया अघि बढाउने प्रतिबद्धतासमेत जनाएका छन् ।