Logo
Logo

कपिलवस्तुका नाकाबाट खुलेआम तस्करी


2.5k
Shares


कपिलवस्तु । सरकारले राजश्वको दबाब झेलिरेहका बेला तराईका जिल्लामा खुलेआम तस्करी भइरहेको छ । कपिलवस्तुका सबै जसो नाकाबाट तस्करी भइरहेको स्रोत बताउँछ ।


कृष्णनगर नगरपालिका वडा नम्बर ५ बगही, वडा नम्बर ६ भिल्मी, कर्मा लोहटी नाका भएर दैनिक तस्करी भइरहेको छ । कृष्णनगर नगरपालिका वडा नम्बर ८, बहादुरगंज बस्ने छोटु अग्रहरी, सुर्जा अग्रहरी, दिलिप अग्रहरी, दिनेश अग्रहरी लगायतले प्रहरी सेटिङमै तस्करी गरिरहेका छन् ।


उनीहरुले रेडिमेट कपडा, चिनी, जिरा, दाल, तेल, मैदा, पेन्ट, मोटर पार्टस्को तस्करी गर्दै आएको स्रोत बताउँछ । उनीहरुले स्थानीय नेपाल प्रहरी, सशस्त्र प्रहरी लाई मासिक लाईन दिएर तस्करी गराउने गरेका छन् ।


बहादुरगञ्जसम्म मोटरसाईकल मार्फत तस्करी गराउने र बहादुरगंजबाट दाङ, प्युठान, बुटवल जाने बसमा अर्डर अनुसार पठाउने गरिएको छ । बहादुरगंजमा प्रहरी कै ड्युटी अगाडिबाट बसमा लोड हुन गरेको छ । भारतीय बजार बढनी, कोटीया, शोहतगढ, जस्ता ठाउँबाट सामान किनेर नेपालमा तस्करी गराउँदै आएका छन् ।


बहादुरगञ्जका दिलिप गुप्ता, श्रीकान्त गुप्ता, सत्यनारायण गुप्ता र सन्तोष गुप्ता संलग्न छन् ।
यूरिया मलको पनि तस्करी बढेको छ । यस्तो तस्करीमा बहादुरगञ्जका उमेश गुप्ता, सत्यनारायण गुप्ता, नवल गुप्ता, सन्तोष गुपता, देवानगढियका हरिराम यादब लगायत संलग्न छन् ।

प्रतिक्रिया दिनुहोस्