काठमाडौं । शुक्रबार बढुवा भएका प्रहरीका चार एआइजीको पदस्थापन भएको छ । शुक्रबार बसेको मन्त्रिपरिषद्को बैठकले बढुवा र पदस्थापनको निर्णय गरेको हो ।
एआइजी सन्दीप भन्डारीलाई मानव स्रोत विकास विभाग, मिरा चौधरीलाई कार्य, टेकबहादुर तामाङलाई अपराध अनुसन्धान र सुदीप गिरीलाई प्रदेश समन्वय विभागमा पदस्थापन गरिएको छ ।