Logo
Logo

डिआइजी बढुवामा कुरा मिलेन


597.8k
Shares


काठमाडौं । एआइजीको बढुवासँगै नेपाल प्रहरीमा डिआइजीका १३ पद रिक्त भएका छन् । रिक्त पदमा शुक्रबार नै बढुवा सिफारिसको तयारी भएपनि सहमति हुन सकेको छैन ।


बढुवामा तिव्र प्रतिस्पर्धा हुँदा सहमति हुन नसकेको हो । छिटो बढुवा नगरे केही एसएसपीहरु उमेरहदका कारण अवकाश हुने जोखिम छ ।


बढुवाको प्रतिस्पर्धामा बरियताका आधारमा जनक भट्टराई, विष्णु कुमार केसी, भरतबहादुर बोहरा, कुबेर कडायत, केदार ढकाल, रवीन्द्र केसी, राजेशनाथ बाँस्तोला, लालमणि आचार्य, यज्ञविनोद पोखरेल, चन्द्रकुबेर खापुङ, अर्जुनचन्द ठकुरी, सुरेन्द्र मैनाली र कृष्णहरी शर्मा पोखरेल अगाडि छन् ।


साथै चक्रबहादुर सिंह, दिल्लीराज पन्त, मधुसुदन लुइँटेल, मोहनप्रसाद पोख्रेल, विकासराज खनाल, राजेन्द्रसिंह खड्का लगायत छन् ।


एसएसपी खनाल ७ बैशाखभित्र बढुवा नभए अवकाश हुनेछन् । त्यस्तै बैशाख दोस्रो साता चक्रबहादुर सिंह र राजेन्द्रसिंह खड्का तथा चैत पहिलो साता सुरेन्द्र मैनाली एसएसपीको ५५ वर्षे उमेरहदका कारण अवकाश पाउनेछन् । त्यसकारण उनीहरुकै लागि पनि छिटो बढुवा गर्नुपर्ने दबाब छ । गृहमन्त्री नारायणकाजी श्रेष्ठले चाकडीमा नलाग्न भनेपनि बढुवाका आकांक्षीहरु शक्तिकेन्द्र धाइरहेका छन् ।

प्रतिक्रिया दिनुहोस्