काठमाडौं । गृह मन्त्रालयले दुई डिआइजीको सरुवा गरेको छ । उपत्यका ट्राफिक प्रहरी कार्यालयमा पोषराज पोखरेल तथा बिशेष ब्युरोमा रामदत्त जोशीलाई खटाइएको छ ।
ट्राफिककी मिरा चौधरी तथा ब्यूरोका सुदीप गिरी एआइजीमा बढुवा भएपछि ती निकाय नेतृत्वविहिन थिए ।
उता डिआइजी बढुवामा भने मंगलबार पनि निर्णय हुन सकेन । केही बुधबारभित्र बढुवा सिफारिस नभए डिआइजी विकाराज खनालले ७ बैशाखमा अनिवार्य अवकाश पाउनेछन् । डिआइजीका १३ पद रिक्त छन् ।