काठमाडौं । नेपाल प्रहरीका दुई जना प्रहरी नायव महानिरीक्षक (डिआइजी)को काज सरुवा भएको छ । सोमबार प्रहरी प्रधान कार्यालयले डिआइजीद्धय पोषराज पोखरेल र रामदत्त जोशीको काज सरुवा गरेको हो ।
केन्द्रीय प्रहरी प्रवक्ता डिआइजी पोषराज पोखरेल उपत्यका ट्राफिक प्रहरी कार्यालय प्रमुखमा सरुवा भएका छन् । त्यहाँ मिरा चौधरी एआईजीमा बढुवा भएपछि ट्राफिक प्रहरीको नेतृत्व रिक्त थियो ।
यस्तै योजना तथा अन्वेषण निर्देशनालयमा रहेका डिआइजी जोशीको विशेष ब्युरोमा सरूवा भएको हो । प्रधान कार्यालय रिक्त रहेका डिआइजीका १३ वटा पदमा पनि केही दिनमै बढुवा गर्ने तयारी गरेको छ ।