Logo
Logo

डिआइजी बढुवामा एसएसपी चक्रबहादुर सिंहलाई अन्याय


21.8k
Shares


काठमाडौं । एक साताको रक्साकस्सीपछि नेपाल प्रहरीका १३ एसएसपीको डिआइजीमा बढुवा सिफारिस भएको छ । बढुवामा १९ जना प्रतिस्पर्धामा थिए ।


पहिलो नम्बरमा कुबेर कडायतको बढुवा भएको छ । त्यस्तै दोस्रो नम्बरमा केदार ढकाल, तेस्रोमा विष्णुकुमार केसी परेका छन् । त्यस्तै, भरतबहादुर बोहेरा, रबिन्द्र केसी, राजेशनाथ बाँस्तोला, चन्द्र कुबेर खापुङ, जनक भट्टराई, लालमणि आचार्य, सुरेन्द्र प्रसाद मैनाली, अर्जुन चन्द, यज्ञ बिनोद पोखरेल र विकासराज खनाल बढुवा सिफारिस छन् ।


बढुवाको प्रतिस्पर्धामा रहेकामध्ये चक्रबहादुर सिंह, दिल्लिराज पन्त, मधुसुदन लुइटेल, मोहनप्रसाद पोखरेल र राजेन्द्रसिह खड्का थिए । बढुवाको पछिल्लो वरियतामा रहेका उनीहरुमध्ये खनाल मात्र बढुवामा परेका छन् । असल छवी भएका चक्रबहादुर सिंह भने अब दुई सातापछि एसएसपीबाटै अवकाश हुने भएका छन् । डिआइजीमा बढुवा हुँदा उनको जागिर अवधि एक वर्ष लम्बिने थियो । जसकारण बढुवामा उनलाई अन्याय भएको छ । त्यस्तै, अन्तिम नम्बरमा रहेका राजेन्द्रसिह खड्काले पनि उमेरहदका कारण दुई सातापछि अवकाश पाउने भएका छन् ।

प्रतिक्रिया दिनुहोस्