काठमाडौं । युइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा स्पेनिस क्लब रियल म्याड्रिडले इंग्लिस क्लब चेल्सीलाई पराजित गरेको छ ।
सान्टियागो बर्नबेउमा बुधबार राति भएको खेलमा रियलले चेल्सीलाई २-० को गोलअन्तरले पराजित गरेको हो । रियलको जितमा कप्तान करिम बेन्जेमा र मार्को एसेन्सियोले गोल गरे ।
सान्टियागो बर्नबेउमा बुधबार राति भएको खेलको २१औं मिनेटमा बेन्जेमाको गोलबाट अग्रता लिन सफल भयो । उनले भिनिसियस जुनियरको पासमा गोल गर्न सफल भए ।
यो जितसँगै सर्वाधिक १४ पटकको च्याम्पियन तथा साविकको विजेता रियलले सेमिफाइनल पुग्ने सम्भावना बलियो बनाएको छ ।
चेल्सीलाई सेमिफाइनलको यात्रा तय गर्न कम्तीमा ३–० को जितको आवश्यक छ ।