काठमाडौं । प्रभु बैंकले आफ्ना भिजा कार्डवाहाक ग्राहकलाई नयाँ वर्षको छुट उपलब्ध गराउनका लागि दराज नेपालसँग सम्झौता गरेको छ । यस योजना चैत २८ गतेबाट लागू भइसेकेको छ ।
यस सम्झौतामा बैंकका तर्फबाट प्रमुख सञ्चालन अधिकृत रश्मी पन्त र दराज नेपालका तर्फबाट भुक्तानी प्रबन्धक जोनाम भुर्तेलले हस्ताक्षर गरेका छन् ।
यो सम्झौताअनुसार ग्राहकले अप्रिल ११ देखि १४ सम्म डेबिट कार्डमार्फत प्रिपेमेन्टमा ८ प्रतिशत वा अधिकतम रु ७५० बराबरको छुट पाउनेछन् भने क्रेडिट कार्डमार्फत १० प्रतिशत वा अधिकतम रु १ हजारसम्मको छुट प्राप्त गर्न सक्नेछन् ।
त्यसैगरी ग्राहकहरुले २०२३ अप्रिल १५ देखि २० सम्म २० प्रतिशत वा अधिकतम रु २०० सम्मको छुट पाउन सक्ने छन् । उक्त अफर र छुट पाउनका लागि दराज प्रयोगकर्ताहरुले आफ्नो बैंक कार्ड सक्रिय गर्नुपर्नेछ ।