काठमाडौं । मेगा क्यापिटल मार्केट्स लिमिटेडले नयाँ वर्ष २०८० को उपलक्ष्यमा २०ः८० लगानी व्यवस्थापन सेवा प्रारम्भ गरेको छ । नयाँ वर्ष २०८० को अवसरमा ग्राहकलाई न्यूनतम लागतमा मेगा क्यापिटलले २०ः८० लगानी व्यवस्थापन सेवा प्रारम्भ गरेको हो ।
उक्त सेवाअन्तर्गत ग्राहकले लगानी पोर्टफोलियोमा हाल विद्यमान मुद्दति निक्षेपमा प्राप्त गर्न सकिने अधिकतम १२ प्रतिशत ब्याजदरभन्दा बढी नाफा भएको खण्डमा मात्र बढी नाफाको २० प्रतिशत नाफा साझेदारी मेगा क्यापिटलले लिने गरी वार्षिक सञ्चालन सेवा शुल्कमा शतप्रतिशत छुट प्राप्त गर्न सक्नेछन् ।
न्यून जोखिम आय उपकरणमा प्राप्त हुने आम्दानीसम्ममा सेवा शुल्क नलाग्ने हुनाले ग्राहकले न्यून लागतमा व्यवसायिक लगानी व्यवस्थापकको सेवा प्राप्त गर्न तथा शेयरबजारतर्फ लगानी प्रारम्भ गर्न मद्दत पु¥याउने आशा क्यापिटलले लिएको छ । न्यूनतम तीन लाख नगद वा शेयर हस्ताणतरण गरेर उक्त सेवा न्यूनतम १ वर्षका लागि लिन सकिने छ । उक्त सेवा २०८० वैशाख महिनाभरिका लागि मात्र लागू हुने र अपेक्षित प्रतिफल १५ देखि २० प्रतिशत हुने अनुमान गरिएको क्यापिटलले जनाएको छ ।
लगानी व्यवस्थापन सेवा प्रदायक कम्पनीमध्ये छोटो समयमा मेगा क्यापिटलले गुणात्मक र परिमाणात्मक हिसाबले आफूलाई अब्बल साबित गर्न सफल भएको छ । आफूले शेयरबजारमा लगानी गर्ने इच्छा हुँदाहँुदै पनि पर्याप्त समय दिन असमर्थ वा शेयरबजारसम्बन्धी जानकारी तथा अनुभव नभएता पनि विशेषज्ञहरुबाट व्यावसायिक तवरले लगानी व्यवस्थापन सेवा लिन सकिने मेगा क्यापिटलले जनाएको छ ।
क्यापिटलले नयाँ वर्ष २०८० को अवसरमा नेपाली दाजुभाइ तथा दिदी बहिनीमा नेपाली सुख, शान्ति, समृद्घि, सु–स्वास्थ्य, दिर्घायु तथा उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकानासमेत व्यक्त गरेको छ ।