Logo
Logo

कृषिमन्त्री भुसाल विषादी परीक्षणको अवस्था बुझ्न स्थलगत अनुमगनमा


567
Shares

भैरहवा । कृषि तथा पशुपक्षी विकास मन्त्री डा. बेदुराम भुसालले भैरहवास्थित पशु तथा कृषि क्वारेनटाइनको स्थलगत अनुगमन गरेका छन् ।

हालै मन्त्रिपरिषद बैठकले विदेशबाट आयात हुने कृषिजन्यवस्तुको विषादी परीक्षण गर्ने निर्णय गरेको छ । यो संगै कृषिमन्त्री भुसालले यसको अवस्थाबारे भैरहवामा पुगेर विहीबार अनुगमन गरेका हुन्ण् ।

अनुगमनका क्रममा मन्त्री भुसालले सरकारको निर्णयलाई कडाईपूर्वक लागू गराउन मातहतका निकायलाई निर्देशन दिएका छन् ।

भैरहवामा पशु तथा कृषि क्वारेनटाइन रहेका छन् । नेपालतर्फ आयात हुने खाद्यान्न, फलफूल, तरकारी तथा पशुको यी कार्यालयले चेकजाँज तथा परीक्षण गर्दै आएका छन् ।

विषादी परीक्षणका लागि आवश्यक उपकरणको कमी भएको भए त्यसलाई सरकारले तत्काल प्रबन्ध मिलाउने मन्त्री भुसालले विश्वास दिलएका छन् ।

सरकारले गरेको निर्णयलाई कडाइपूर्वक पालना गर्न, गराउन उनले मातहतका निकायलाई निर्देशन दिएको मन्त्रीका प्रमुख स्वकीय सचिव शुसील भट्टराईले जानकारी दिए । मन्त्री भुसालसमक्ष क्वारेन्टाइनका कर्मचारीले विषादी चेकजाँजको अवस्थाबारे व्रिफिङ गरेका थिए ।

यसैबीच मन्त्री भुसालले भैरहवास्थित कृषि सामग्री कम्पनी लिमिटेडको रासायनिक मलखाद गोदामको समेत स्थलगत अनुगमन गरेका छन् । यो वर्ष किसानलाई मलखादमा कुनै अभाव हुन नदिने गरी काम थालेका मन्त्री भुसालले भैरहवास्थित मलखाद गोदामको अनुगमन गरेका हुन् ।

अनुगमनका क्रममा मन्त्री भुसालले मलको स्थितिबारे जानकारी लिँदै तत्काल आवश्यक पर्ने मलको डाटा मन्त्रालयमा पठाउन निर्देशन दिएको मन्त्रीका प्रमुख स्वकीयसचिव भट्टराईले बताए ।

प्रतिक्रिया दिनुहोस्