Logo
Logo

बलात्कार मुद्दा दर्ता गर्न घुस लिने असइ पक्राउ, डिएसपी छानबिनमा


20.5k
Shares


काठमाडौं । बलात्कार मुद्दा दर्ता गर्न पनि प्रहरीले घुस असुलेका छन् । सिराहाको इलाका प्रहरी कार्यालय मिर्चैयाका असई सचिन भदिसवारले नौ हजार घुस लिएका हुन् । घुससहित उनलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले पक्राउ गरेको छ ।


जबरजस्तीकरणीसम्बन्धि मुद्दाको जाहेरी दर्ता गर्न अदालतले समेत आदेश गरिसकेको अवस्थामा प्रहरीले नटेर गरी घुस मागेको थियो । पीडितसँगै असई केसीले नौ हजार घुस लिएका थिए । यो घटनामा इप्रकाका इन्चार्ज डिएसपी हरिकृष्ण केसी समेत छानबिनको दायरामा तानिएका छन् ।

प्रतिक्रिया दिनुहोस्