Logo
Logo

पोर्चुगलकाे ‘नयाँ वर्ष धमाका’मा राजेशपायलको हंगामा


25.2k
Shares

काठमाडौं । नेपाली सांगीतिक क्षेत्रका मेगास्टार राजेशपालय राई पोर्चुलगको राजधानी लिस्बोनमा गुञ्जिएका छन् । हाल युरोप टुरको क्रममा पोर्चुगल रहेका मेगास्टार अर्थात ‘राई ईज किङ’ले नेपाली नयाँ वर्षको स्वागतमा लिस्वोनमा आयोजित ‘नयाँ वर्ष धमाका’ धमाका मच्चाएका हुन् ।

पोचगल एट्लान्टिक समूहका पेमछिरी शेर्पाले संयोजत्व गरेको ‘नयाँ वर्ष धमाका’ कार्यक्रममा राजेशपायलले करिब डेढ दर्जन आफ्ना चर्चित गीतहरु प्रस्तुत गरेका थिए ।

कार्यक्रममा राजेशपायलले आफ्नो पछिल्लो चर्चित गीत ‘देम सारो’ प्रस्तुत गर्दा दर्शकमा बेग्लै रौनकता छाएको थियो । ‘देम सारो’ले तताएको माहोलमा राजेशपायलले ‘तिमीले बाटो फेर्यौं अरे’, ‘नाइँ नभन्नु ल’, ‘फैलियो माया’ दुवोसरी’ जस्ता लोकप्रिय गीतहरु प्रस्तुत गरिरहँदा रातको दुई बजेको थियो ।

राति १० बजे स्टेजमा उक्लिएका राजेशपायलले दर्जनौँ गीत प्रस्तुत गरेर झण्डै चार घण्टा दर्शकलाई नचाएका थिए । चार घण्टासम्म राजेशपायलसँग् झुम्दासमेत दर्शकको मन अघाएन, र ‘वान्स मोर’ भन्दै राजेशपायललाई सुन्न चाहेका थिए । तर, रातको २ बजिसकेकाले दर्शक अनिँदो हुँदै गएका थिए । र आयोजकले कार्यक्रम स्थगित गरे नयाँ वर्षको शुभकामना आदान–प्रदान गर्ने अवसर दिएका थिए ।

पछिल्लो समय रोजगारी र अध्ययनका लागि समेत आकर्षक गन्तव्य बनेको यरोपियन मुलुक पोर्चुगलमा पनि राजेशपायलको फ्यान तथा शुभचिन्तक प्रसस्त रहेछन् भन्ने कार्यक्रमले पुष्टि गरेको कार्यक्रममा संयोजक पेमछिरी शेर्पाले बताए ।

‘कार्यक्रम हामीले सोचेभन्दा भव्य भयो’, उनले भने, ‘हल क्षमताभन्दा बढी दर्शक आएकाले फर्काउनु परेको थियो । त्यसो त ‘जहाँ राजेशपायल, त्यहाँ दर्शक’ भन्ने भनाइ नै छ । त्यो भनाइलाई राजेशपायलले पोर्चुगलमा पनि पुष्टि गरेका छन् ।

राजेशपायल राई केही दिनअघि मात्र सांगीतिक कार्यक्रमका क्रममा युरोप टुरमा निस्केका हुन् । सांगीतिक टुरमा निस्किनुअघि राजेशपायलले भने, ‘यो मेरो चौथों युरोप टुर हो ।’ उनका अनुसार यो टुर झण्डै दु्ई महिनाको हुनेछ ।

युरोप टुरकै क्रममा राजेशपायल राईले पहिलोपटक माल्टा, पोल्याण्ड र फिनल्याण्डमा पनि सांगीतिक पुस्तुती गर्ने भएका छन् । यसैक्रममा आइतबार उनी बार्सिलोनामा प्रस्तुत हुँदैछन् । त्यसलगत्तै स्पेनको मेड्रिकमा आफ्नो प्रस्तुती रहेको राजेशपायलले टेलिफोनमार्फत जानकारी दिए । उनले भने, ‘बार्सिलोना र स्पेनको मेड्रिक पनि म पुनः पोर्चुगलको जम्बुजेरामा प्रस्तुत हुँदैछ ।’

माल्टा युरोपको एक पर्यटकीय देश हो, जहाँ पहिलो पटक सांगीतिक प्रस्तुती दिन लागेका राजेशपायलले भने, ‘माल्टाको जिरामा कार्यक्रम गर्दैछु । यो मेरो माल्टामा हुने पहिलो सांगीतिक कार्यक्रम हुनेछ । त्यस्तै, पोल्याण्ड र फिनल्याण्डमा पनि पहिलोपटक कार्यक्रम गर्न लागेको हुँ ।’

प्रतिक्रिया दिनुहोस्