धरान । ‘मिस्टर एन्ड मिस प्रोभिन्स किड्स–२०२३’को पहिलो अडिसनबाट २५ जना छनोट भएका छन । बुधबार धरानमा सम्पन्न अडिसनबाट उनीहरु छनोट भएको आयोजक संस्था ड्रीम्स एम प्रोडक्शनका कार्यक्रम निर्देशक मेरिना तुम्सा लिम्बूले जानकारी दिएकी हुन् ।
छनोट भएका यी प्रतियोगीलाई यही आइतबार अर्थात बैशाख ३ गतेदेखि व्यक्तित्वविकासलगायत विभिन्न प्रशिक्षण दिइने आयोजकले जनाएको छ । साथै, बैशाख ५ गते अनलाइनबाट पनि अडिसन लिइने भएको छ । प्रतियोगितामा ५ बर्षदेखि १५ बर्षसम्मका बालबालिकाले सहभागीता जनाउन सक्ने आयोजकले जनाएको छ ।
उनका अनुसार पहिलो अडिसनमा मिजाङ गुरुङ, एन्जल चेम्जोङ लिम्बु, अनन्या गुरुङ, ईन्छुहाङ लिम्बु, तुनिसा बन, शोभा वन, सोनिया लिम्बु, सोफिया लिम्बु, सिमा शाह, कबिसा लावती, मियोक नामहाङ लिम्बु, मिङ्सो लावती, सियोना राई, आर्यन शाह, ईशान बानियाँ, निक्लोस राजन ज्याक्सन, क्याथलिन श्रेष्ठ, मिङसोहाङ लिम्बु, आरोही राई, मनिता लिम्बु, स्नेहा राई, शिभाङ्स अधिकारी, रेसुमा राई, श्रेया श्रेष्ठ र सामु तामाङ अडिसनबाट छनोट भएका छन् ।
अडिसनमा मिस स्टेट बिजेता श्वेता भुजेल, मिस प्रोभिन्स आईडल बिजेता नुरिन ज्याक्सन बस्नेत, मिस उर्लाबारी फस्ट रनरअप ज्वाला कुरुम्बाङ्ग लिम्बू र मिसेस प्रोभिन्स आईडल बिजेता भावना जबेगु लिम्बू निर्णायक रहेका थिए ।
यही बैशाखको अन्तिममा हुन् फाईनलमा शीर्ष विजेताले २० हजार नगद पुरस्कार प्राप्त गर्ने बताइएको छ । त्यस्तै, फस्ट रनरअप र सेकेन्ड रनरअपलाई क्रमशः १५ हजार १० हजारसहित क्राउन पाउने आयोजकले जनाएको छ ।