काठमाडौं । लुम्बिनी विकास बैंकले २०८० वैशाख ०३ गतेबाट लागू हुने गरी नायब प्रमुख कार्यकारी अधिकृतका रुपमा सुमन आचार्यलाई नियुक्त गरेको छ ।
नवनियुक्त नायब प्रमुख कार्यकारी अधिकृत आचार्यले त्रिभुवन विश्वविद्यालयबाट एमविएसम्मको उच्च शिक्षा हासिल गरी विभिन्न समयमा विभिन्न वाणिज्य बैंकहरुका विभिन्न विभागमा संलग्न रही नेतृत्वदायी भुमिका निर्वाह गर्दै २२ वर्षभन्दा बढीको कार्यानुभव हासिल गरेका छन् । आचार्यले सन् १९९९ मा त्रिविबाट एमविएमा केन्द्रीय विभाग (व्यवस्थापन), कीर्तिपुरको शिर्षस्थान तथा विश्वविद्यालय स्तरमा दोस्रो स्थनमा उत्तिर्ण भई उत्कृष्ठ थेसिस लेखनवापत कृष्णचन्द्र रेग्मी अवार्डबाट समेत सम्मानित भइसकेका छन् ।
आचार्यले आफ्नो बैंकिङ्ग करियर सन् २००० मा साबिक नेपाल के्रडिट एण्ड कर्मस बैंकबाट व्यवस्थापन प्रशिक्षार्थीका रुपमा सुरु गरी सिभिल क्यापिटल मार्केटको अध्यक्ष, सञ्चालक र प्रमुख कार्यकारी अधिकृतको भुमिका पनि निर्वाह गरिसकेका छन् ।
नवनियुक्त नायब प्रमुख कार्यकारी अधिकृत आचार्यले विभिन्न बैंक तथा बित्तीय संस्थामा उच्च व्यस्थापनमा रहेर सफल कार्य गनुका साथै साबिकको सिभिल बैंकमा सहायक महाप्रबन्धकका रुपमा प्रमुख कर्जा अधिकृत रहि सफलता हासिल गरेका थिए । उनको कुशल कार्यअनुभवले लुम्बिनी विकास बैंकले थप प्रगति गर्ने विश्वास लिइएको छ ।