Logo
Logo

डिआइजी बढुवा विवादमा, फेसबुकमै पोखियो असन्तुष्टि


650.1k
Shares


काठमाडौं । नेपाल प्रहरीको डिआइजी बढुवा सिफारिसप्रति केही एसएसपीले असन्तुष्टि जनाएका छन् । एक एसएसपीले फेसबुकमै अन्याय भएको गुनासो पोखेका छन् ।


एसएसपी चक्रबहादुर सिंहमाथि बढुवामा अन्याय भएको हो । उनले फेसबुकमा कामको मूल्याङकन हुन नसकेको बताएका छन् । शुक्रबार राष्ट्रपतिबाट विभुषण लिएपछि पदक त पाइयो तर त्यो मुल्याङकन हुन नसकेको उल्लेख गरेका छन् ।
त्यस्तै अर्काे स्टाटस लेखेका छन्,‘कामको मुल्याङकन कसरी हुँदो रहेछ १७ वर्षसम्म पनि थाहा पाउन सकिएन ।’ बढुवामा सिंहमाथि अन्याय भएको प्रहरी अधिकारी बताउँछन् । बढुवामा नपर्दा उनले आगामी साता एसएसपी पदबाटै अवकाश पाउने भएका छन् ।


गत साता बढुवा समितिले कुबेर कडायत, केदार ढकाल, विष्णुकुमार केसी, भरतबहादुर बोहेरा, रबिन्द्र केसी, राजेशनाथ बाँस्तोला, चन्द्र कुबेर खापुङ, जनक भट्टराई, लालमणि आचार्य, सुरेन्द्र प्रसाद मैनाली, अर्जुन चन्द, यज्ञ बिनोद पोखरेल र विकासराज खनाललाई बढुवा सिफारिस गरेको थियो ।
बढुवाको प्रतिस्पर्धामा रहेकामध्ये चक्रबहादुर सिंहसहित दिल्लिराज पन्त, मधुसुदन लुइटेल, मोहनप्रसाद पोखरेल र राजेन्द्रसिह खड्का छुटेका थिए ।

बढुवा विवादमा परेपनि कसैले उजुरी भने दिएका छैनन् । आइजिपी बसन्त कुँवरले उच्च तहको दबाब थेग्न नसक्दा एसएसपी सिंह बढुवामा छुटेको सहकर्मीसँग बताउने गरेका छन्।

प्रतिक्रिया दिनुहोस्