Logo
Logo

काठमाडौंको यातायात कार्यालयमा अख्तियारको छापा, अधिकृतसहित पाँच पक्राउ


- दृष्टि न्युज/संवाददाता

63
Shares

काठमाडौं, २८ कात्तिक ।
यातायात व्यवस्था कार्यालय मोटरसाइकल गुर्जुधारा, काठमाडौंका पाँच कर्मचारी घुससहित पक्राउ परेका छन्। शाखा अधिकृत शुक्रप्रसाद भट्टराईसहितलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पक्राउ गरेको हो ।


मोटरसाइकल पास गर्नका लागि आएका विभिन्न रिकन्डिसन हाउसका प्रतिनिधिहरुमार्फत मोटरसाइकल पास गर्न सहज गरी दिने भन्दै तीन हजार घुस रकम लिएको शाखा अधिकृत शुक्रप्रसाद भट्टराई र दिने रिकन्डिसन हाउसका प्रतिनिधिहरु किरण देउला, उत्तम बिक्रम शाही, रमेशकुमार के.सी. खड्का र सुरेश छुस्याकीलाई आयोगले पक्राउ गरेको हो ।

प्रतिक्रिया दिनुहोस्