Logo
Logo

गृहमा रविको फाइल नै गायब


15.2k
Shares

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछाने गृहमन्त्री हुँदा अनियमितता भएको आशंका गरिएको एक फाइल नै गायब भएको छ । राष्ट्रिय परिचयपत्र तथा पञ्जिकरण विभागमा फाइल गायब बनाइएको हो ।

लामिछानेको कार्यकालमा राष्ट्रिय परिचयपत्रसम्बन्धि विवरण रुजु गर्ने सम्बन्धि ठेक्का दिइएको थियो । हतार हतारमा भएको सो एडभान्टेज इन्टरनेशनललाई सो ठेक्का दिइएको थियो । सात दिनको अवधिमै ठेक्का दिइएको विषय छानबिनमा छ । तर, त्यससम्बन्धि फाइल विभागमा गायब बनाइएको छ ।

सार्वजनिक खरिद नियमावली विपरीत टेन्डर गरेर सो ठेक्का दिइएको थियो । त्यसका लागि ७ दिनभित्र ठेक्का दिन सकिने कार्यविधि बनाइएको थियो । तर, कर्मचारीको ब्रिफिङअनुसार आफुले छिटो कार्यविधि सदर गरेको लामिछानेको स्पष्टिकरण छ । हाल सो प्रकरण बाहिर आएपछि विभागमा त्यससम्बन्धि कागजपत्र खोजी सुरु भएकोका कर्मचारीले नै गायब बनाएका छन् ।

स्रोतका अनुसार सो ठेक्कामा खासगरी गृहसचिव विनोदप्रकाश सिंह र विभागका तत्कालिन महानिर्देशक तिर्थ भट्टराईको चासो थियो । उनीहरुले नै मन्त्री लामिछानेलाई गलत ब्रिफिङ गरी फाइदा लिएका थिए । रुजु गर्ने काम निजी कम्पनीले पाएपछि बायोमेट्रिकसहितको गोप्य डाटा समेत दुरुपयोग हुने जोखिम देखिएको छ । यसमा लामिछानेको गलत स्वार्थ थियो कि थिएन खुल्न सकेको छैन । तर ठेक्कामा भने ठूलो चलखेल भएको प्रष्ट भइसकेको छ । ‘एक मिडिया मालिकको समेत यसमा ठूलो चासो थियो,’ विभाग स्रोत भन्छन्,‘ठेक्का दिदा ठूलै आर्थिक चलखेल भएको छ ।’ विभागका निर्देशक मुकेश रेग्मी र तत्कालिन महानिर्देशक भट्टराईले सबै सेटिङ मिलाएका थिए ।

भट्टराई हाल मोरङको सिडिओ छन् । उनी यसअघि पनि भ्रष्टाचारमा परी सफाई पाएका कर्मचारी हुन् । यसपटक सचिव सिंहको स्वार्थअनुसार काम गरेकाले उनले मोरङको सिडिओ पाएका हुन् । यस्तै सेटिङका कारण विभागका हालका महानिर्देशक रुद्र पन्डितले सरुवा मागिसकेका छन् । अहिले पनि विभागभित्र अनेक टेन्डरमा चलखेल भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्