Logo
Logo

प्रधानमन्त्री ओलीका ६ सल्लाहकार पदमुक्त


- दृष्टि न्युज/संवाददाता

0
Shares

काठमाडौं, २९ कात्तिक
प्रधानमन्त्री केपी शर्मा ओलीका ६ जना सल्लाहकार तथा सहयोगी पदमुक्त भएका छन् । प्रेस सल्लाहकार डा. कुन्दन अर्याल, जनसम्पर्क सल्लाहकार अच्युत मैनाली, प्रेस संयोजक चेतन अधिकारी तथा घनश्याम भट्टराई, फोटो पत्रकार कृष्ण पौडेल र कम्प्युटर अपरेटर उदय पोखरेल पदमुक्त भएका हुन् । उनीहरुले दिएको राजिनामा प्रधानमन्त्री केपी शर्मा ओलीले स्वीकृत गरेका छन् ।


डा.कुन्दन अर्यालले आफू प्रधानमन्त्रीो प्रेस सल्लाहकारबाट हटिसेकेको पुष्टि गरेका छन् ।
प्रधानमन्त्रीको सचिवालयमा अन्य ७ जना भने यथावत् रहने भएका छन् । त्यसमध्ये केहीले राजीनामा नदिएको र केहीले राजीनामा दिए पनि प्रधानमन्त्रीले पदमै बहाल राखेका हुन् ।

यथावत् रहनेमा प्रमुख सल्लाहकार विष्णु रिमाल, परराष्ट्र सल्लाहकार डा. राजन भट्टराई, स्वकीय सचिव ईन्द्र भण्डारी, प्रधानमन्त्रीको निकट रहेर कार्य सम्पादन गर्दै आएका राजेश बज्राचार्य, रामशरण बजगाईं, दिपेन दाहाललगायत छन् । उनीहरुमध्ये केहीलाई हटाउने तयारी प्रधानमत्रीको छ ।
प्रधानमन्त्रीले सबैलाई सामूहिक राजीनामा गर्न निर्देश गरेको भए पनि रिमाल र भट्टराईले राजीनामा दिएका थिएनन् । रिमाल र भट्टराईको विकल्प तत्काल नदेखिएकाले संस्थापन समूहले दुईजनालाई यथावत् राख्न लबिङसमेत गरेको थियो ।
केही दिनघि शंकर पोखरेलले सामाजिक सञ्जालमै लेखेका थिए । उनले सामाजिक सञ्जालमा लेखेका थिए, “प्रमको ‘समृद्ध नेपाल सुखी नेपाली’ अभियानको भरोसायोग्य सारथी हो कमरेड विष्णु रिमाल । प्रमुख सल्लाहकार परिवर्तन हल्ला सावित हुनेछ ।’
प्रधानमन्त्री सचिवालयमा नियुक्तिका लागि दौडधुप सुरु भइसकेको छ । ओलीले केही मन्त्रीहरु पनि हेरफेर गर्दैछन् ।

प्रतिक्रिया दिनुहोस्