Logo
Logo

प्रहरीको सरुवामा एसएमएस आतंक !


24.8k
Shares


काठमाडौं । सरुवा चाहने कर्मचारीले अब अनिवार्य रुपमा फारम भर्नुपर्ने भएको छ । फोन तथा एसएमएसमार्फत सरुवाका लागि अनावश्यक दबाब दिने प्रवृत्ती बढेपछि प्रहरी प्रधान कार्यालयले मंगलबार परिपत्र गरी सरुवा चाहनेले अनिवार्य माग फारम भरेर पठाउन भनेको हो ।


प्रहरी नियमावलीमा सरुवाका लागि माग फारम भर्नुपर्ने व्यवस्था छ । तर, त्यसको कार्यान्वायन हुन सकेको छ । प्रहरी प्रधान कार्यालय स्रोतका अनुसार हाल सात हजार प्रहरीले सरुवा मागेकोमा दुई हजार एक सयले माग फारम भरेका छन् । अरुले फोन तथा एसएमएसमार्फत सिफारिस गरेका छन् । यस्तो प्रवृत्ति रोक्न सबै तहका प्रहरीलाई फारम अनिवार्य गरिएको छ ।


‘सरुवामा फारम भर्नुपर्ने पुरानै व्यवस्था हो,’ प्रहरी सहप्रवक्ता एसएसपी दीपेन्द्र जिसीले भने,‘यसलाई कार्यान्वायनमा कडाई गर्न लागेका मात्रै हौं ।’ परिपत्रमा फारम नभर्नेको हकमा मागअनुसार सरुवा नहुने उल्लेख गरिएको छ । खासगरी नेताहरूको पावर लगाएर सरुवा माग्ने प्रवृत्ति प्रहरीमा व्यापक छ । यसले प्रहरीमा बेथिती बढेपछि सरुवालाई निश्चित मापदण्ड लागू गर्न खोजिएको प्रहरी प्रशासन शाखाका एक कर्मचारी बताउँछन् । सरुवामा एसएमएस आतंक भएपछि प्रहरी प्रधान कार्यालयले यस्तो परिपत्र गरेको हो ।

प्रतिक्रिया दिनुहोस्