Logo
Logo

नबिल बैंकको कार्डबाट सामसङ मोबाइल खरिद गर्दा दुई हजार रुपैयाँ क्यासब्याक


693
Shares

काठमाडौं । नबिलका कार्ड प्रयोग गरी सामसङका २ वटा नयाँ ग्यालेक्सी ए३४ ५जि र ग्यालेक्सी ए५४ ५जिको खरिदमा सीमित समयका लागि विशेष छुट योजना सुरु भएकोे छ । नबिलको भिजा डेबिट तथा क्रेडिट कार्ड प्रयोगकर्ताले यी दुई मोबाइलको खरिदमा दुई हजार रुपैयाँ क्यासब्याक प्राप्त गर्न सकिने योजना ल्याएको हो ।

सामसङले नबिल बैंकसंगको एक सम्झौतापत्रमा हस्ताक्षर गरी यो योजना बजारमा ल्याएको हो । सामसङ ग्यालेक्सी ए३४ ५ जि र ग्यालेक्सी ए५४ ५जि नेपाली बजारमा गत मार्च २९, २०२३ देखि उपलब्ध छ । यी दुवै मोडलमा आश्चर्यजनक क्यामरा र धेरै दिनसम्म चलिरहने ५००० एमएएच ब्याट्री जडित छन् भने यी मोडलहरु अद्वितीय डिजाइनहरु एवं विविध रंगहरुमा उपलब्ध छन् ।

नबिलको कार्डका लागि देशका २५३ शाखाहरुमध्ये कुनै पनि शाखाबाट अथवा एनबैंकबाट लिन सक्नेछन् । यो योजना सीमित अवधिको लागि मात्र लागू गरिएको बैंकले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्