काठमाडौं । नेपाली सेनाले सैन्य पदका लागि चार हजार ५ सय जनाको आवेदन खुला गरेको छ । माग गरिएको मध्ये खुलातर्फ दुई हजार ३५१ संख्या छ ।
यस्तै सैन्य परिवारलाई २२५, महिला ३९०, आदिवासी जनजाति ६१७, मधेशी ५४०, दलित २८७ र पिछडिएको क्षेत्रबाट ९० संख्या छुट्याइएको जंगी अड्डाले जनाएको छ ।
यीमध्ये सबैभन्दा धेरै काठमाडौं, सुर्खेत, कास्की र बुटवलमा मा ३५०–३५० माग गरिएको छ । यस्तै र सुनसरीमा ३०० र बाँकेमा २५० जना माग गरिएको छ ।
इच्छुकले अनलाइन मार्फत फारम भर्न सक्ने छनोट निर्देशनालय, कार्य रथी विभाग जङ्गी अड्डाले जनाएको छ । १८ वर्ष पूरा भई २२ वर्ष ननाघेकाले अनलाईन फारम भर्न पाउने छन् । फाराम भर्ने अन्तिम मिति जेठ १४ गते तोकिएको छ ।