विराटनगर । इलाका प्रहरी कार्यालय किमाथाङ्का संखुवासभामा कार्यरत प्रहरी सहायक निरीक्षक जनक बहादुर धानुक र अस्थायी प्रहरी चौकी दिङबोचे, सोलुखुम्बुमा कार्यरत प्रहरी हवल्दार लुलिन्द्र कुमार तिमल्सिना चैत्र महिनाको सर्वोत्कृष्ट प्रहरी (पुलिस अफ दी मन्थ) घोषित भएका छन् ।
विभागीय मुल्य–मान्यता, आदेश–निर्देशनको पालना गरी व्यवसायिक, लगनशील र कर्तव्यनिष्ठ तवरले कर्तव्यपथमा तल्लीन रही उच्च मनोवल र साहसका साथ आफ्नो कर्तब्य निर्वाह गरी अपराध अनुसन्धानको क्षेत्रमा विशेष योगदान दिएको मूल्याङकनका आधारमा उनीहरु पुरस्कृत भएका हुन् । प्रहरी सहायक निरीक्षक धानुकले संखुवासभाको भोटखोला–१ किमाथाङ्का स्थित निषेधित क्षेत्रमा दुई जना चिनिया नागरिक प्रवेश गर्ने क्रममा नियन्त्रणमा लिएको र प्रहरी हवल्दार तिमल्सिनाले हिमपातमा हराई बेपत्ता भएका जापानिज नागरिकको खोजतालासको क्रममा ५ हजार १ सय मिटर उचाईमा रहेको पासाङल्हामु–४ खुम्बिलापास स्थितमा मृत अवस्थामा फेला पारी उद्वार गरी जोखिमपुर्ण उत्कृष्ट तथा प्रशंसनीय काम गरेको कोशी प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।