Logo
Logo

रवि र स्वर्णिमको मिलन कसले गरायो ?


24.5k
Shares

काठमाडौं । देशको राजनीतिमा अमेरिका अध्ययन गरेर र बसेर फर्किएकाहरू एकाएक राजनीतिमा जम्न थालेका छन् । यसभित्र ठूलै ‘ग्रान्डडिजाइन’ खुल्न थालेको छ । नेपाली काँग्रेसभित्र सुशील कोइरालाले अवसर दिएका स्वर्णिम वाग्ले अचानक रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीमा त्यत्तिकै पसेका होइनन् ।

कांग्रेसको गढ मानिएको तनहुँ क्षेत्र नं १ त्यसमाथि पनि बहालवाला राष्ट्रपति रामचन्द्र पौडेलले जित्दै आएको क्षेत्र । त्यही क्षेत्रबाट उपनिर्वाचन लड्ने आँट गरे स्वर्णिमले । उनलाई ठूलै शक्तिको साथ मिलेको खुलेको छ ।

रवि अमेरिकामा लामो बसाईं बसे । योजनावद्ध तरिकाले बुद्ध नेपालमा जन्मिएका हुन् अभियान टीभीमा चलाएर चर्चामा आए । उनको प्रवेश योजनाअनुसार नै भएको थियो । अमेरिकी पासपोर्ट लिएर हिंड्ने रवि राजनीतिमा लाग्ने भनेरै नेपाल आएका थिए । उनलाई पश्चिमाहरूको ठूलै साथ सहयोग देखियो । पार्टी र चुनाव चिन्ह पनि अमेरिकाकै एउटा दलको कपी गरे रविले । पशुपतिनाथमा गएर ढोगे । तर, पश्चिमाहरूलाई खुशी पार्ने गरी झण्डा बनाए ।

उनी धर्मनिरपेक्षताका पक्षधरलाई साथ लिँदै हिडे । सामाजिक सञ्जालमा भाइरल हुँदै विना संगठन केही उपलब्धिहरू हासिल गर्न पुगे । रविको पार्टीमा अधिकांश अमेरिका र यूरोपतिर पढेर आएकाहरू हुनु संयोग होइन । उनको समूह बनाइदिन पनि बाह्य शक्ति लागेको छ ।

विश्वस्त स्रोतका अनुसार एउटा क्रिष्चियन मिशिनरी भित्री रुपमा रविको पक्षमा सहयोगी बनिरहेको छ । क्रिष्चियन मिशिनरीहरू ललितपुरका विभिन्न स्थानमा बैठक बसेर रविका लागि काम गर्दै आएको स्रोतले बताएको छ ।

स्वर्णिम वाग्ले पनि अमेरिका पढेर पश्चिमा संस्थाहरूमा लामो समय काम गर्दै आएका अर्थविद् हुन् । उनलाई रविसँग मिलाउन पनि ठूलै शक्ति लागेको बुझिएको छ । त्यसकारण उनले गगन थापा र विश्व प्रकाश शर्माहरुलाई पनि टेरेनन् । उनी दुवैको समूहसँग नजिक थिए ।

विश्वप्रकाश कार्टर सेन्टरसँग नजिक छन् । तर, गगन र विश्वप्रकाशहरुलाई भन्दा पनि पश्चिमाहरूले रविलाई पत्याउन थालिसकेका छन् । रोचक त यो छ कि कुनैबेला हिन्दु राष्ट्रको मुद्दा उठाउने समूहसँग नजिकिएका रमेश खरेल पनि पश्चिमाहरूसँग नजिक हुन थाले ।

उनी विगतमा हिन्दू स्वयंसेवक संघको कार्यक्रममा देखिने गरेकोमा देखिन छाडे । उनलाई पनि ठूलै समूहले रविसँग मिलाइदियो । यसरी योजनावद्ध तरिकाले रविलाई अगाडि बढाइयो र अरुलाई पनि मिसाउने कार्यहरू भइरहेको छ ।

यसैबीच, भारतको राष्ट्रिय स्वयंसेवक संघनिकट नेपालका केही हिन्दूवादी संस्थाहरू सक्रिय हुन थालेका छन् । आरएसएसको गतिविधि नेपालमा बढ्दै गएको छ । आरएसएस नेताहरूको आवतजावत् बाक्लिएको छ । यो सूचना पाएर पश्चिमाहरू नेपालभित्र संगठित शक्ति तयार गरिरहेका छन् । नेपाली कांग्रेस हिन्दूवादीको दबाबमा छ ।

नेकपा एमाले मात्र नभई नेकपा माओवादी केन्द्रभित्र पनि ठूलै दबाब पर्न थालेको छ । पूर्वराजा ज्ञानेन्द्र शाहले खुल्ला रुपमा आफूसँग जतिसक्दो छिटो सम्झौता गर्न दलका नेताहरूलाई भनिरहेका छन् । यस्तो परिस्थितिबीच नेपालमा हिन्दूवादीलाई काउन्टर दिने उपयुक्त शक्तिको विकास रवि लामिछानेमार्फत् भएको देखिदैछ ।

जहाँ पश्चिमाहरूले पत्याएका मान्छेहरू संगठित भइरहेका छन् । परम्परागत दलहरूको गलत गतिविधिबाट असन्तुष्ट जनताको सेन्टिमेन्टलाई रविको दल रास्वपाले आफ्नो स्वार्थमा ढाल्न थालिसकेको छ । तर, यसका पछाडि भविष्यमा हुनसक्ने हिन्दूवादी र विरोधी समूहको टकरावमा आफ्नो स्वार्थ खोज्ने समूहको हात देखिन्छ ।

प्रतिक्रिया दिनुहोस्