काठमाडौं । गृह मन्त्रालयले गत साता बढुवा भएका १६ डिआइजीको पदस्थापन गरेको छ । पदस्थापनअनुसार यसअघि निमित्त प्रदेश प्रमुखका रुपमा खटिएकालाई त्यही पदस्थापन भएको छ ।
जसअनुसार कोशीमा राजेशनाथ बाँस्तोला, मधेसमा जनक भट्टराई र सुदुरपश्चिममा भरतराज बोहराको पदस्थापन भएको छ । उनीहरु एक महिनाअघिदेखि नै त्यहाँ खटिएका थिए । कार्यक्षमता कमजोर देखिएको भन्दै उनीहरुलाई हटाउन लागिएको थियो । तर कांग्रेस नेताहरुले त्यही राख्न दबाब दिएपछि पदस्थापन रोकिएको थियो । सोही दबाबका कारण निरन्तरता दिने निर्णय भएको छ । ‘उनीहरुलाई मौका दिने निर्णय भएको छ,’ गृहमन्त्री नारायणकाजी श्रेष्ठको सचिवालयका एक अधिकारीले भने,‘पर्फमेन्स सुध्रिएन भने तत्काल हटाउने गरी अहिले पदस्थापन गर्न लागिएको छ ।’ खासगरी मधेसमा खटाइएका भट्टराईमाथि धेरै प्रश्न उठेको थियो ।
पदस्थापनसम्बन्धि निर्णयको पत्र भने प्रहरी प्रधान कार्यालय पुगिसकेको छैन ।