Logo
Logo

आइएमई लिमिटेडले आइपिओ निष्काशन गर्ने, बिक्री प्रबन्धकमा प्रभु क्यापिटल नियुक्त


756
Shares

काठमाडौं । आइएमई लिमिटेडले सर्वसाधारणका लागि आइपिओ निष्काशन गर्ने भएको छ । कम्पनीले जारी पुँजी एक अर्ब रुपैयाँको १० प्रतिशतले हुन आउने १० लाख कित्ता शेयर सर्वसाधारणका लागि निष्काशन गर्न लागेको हो ।

कम्पनीको शेयर निष्काशन गर्न कम्पनीले प्रभु क्यापिटल लिमिटेड नियुक्त गर्ने सम्झैता गरेको छ । आइएमईको मुख्यालय पानीपोखरीमा आयोजित कार्यक्रममा आइएमई लिमिटेडका प्रमुख कार्यकारी अधिकृत खिलेन्द्र पौडेल र प्रभु क्यापिटल लिमिटेडका प्रमुख कार्यकारी अधिकृत आशिष गौचनले निष्काशन तथा बिक्री प्रबन्धक नियुक्तसम्बन्धी सम्झौतामा हस्ताक्षर गरेका हुन् ।

आइएमईले २२ वर्षदेखि रेमिट्यान्स सेवा प्रदायकको काम गर्दै आएको छ । रेमिट्यान्स व्यवसायमध्येबाट सबैभन्दा बढी कर तिरेको आधारमा पटक–पटक ‘ठूला करदाता सम्मान’ बाट आइएमई लिमिटेड पुरस्कृत भएको छ । आइएमई ग्रुपले केही समययता आफ्नो लगानीमा भएका कम्पनीहरुलाई पब्लिक कम्पनीमा रुपान्तरण गर्दै आइपिओ जारी गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस्