Logo
Logo

फरार सांसद कोइरीबारे संसद्‌मा विवाद


1k
Shares

काठमाडौं । हत्या अभियोगमा फरार रहेका नेकपा एमालेका सांसद लक्ष्मी महतो कोइरीको विषयलाई लिएर संसद्मा विवाद भएको छ ।

सभामुख देवराज घिमिरेले विरामी भएकाले कोईरी संसदमा अनुपस्थिति भएको जानकारी भएपछि एमालेबाहेकका सांसदले उठेर विरोध जनाएका छन् । त्यसपछि सभामुख घिमिरेले संसद बैठक आधा घण्टाका लागि स्थगित गरे ।

सभामु्ख घिमिरेका अनुसार सांसद कोइरी लगातार २१ वटा बैठकमा अनुपस्थित रहेको र अन्य बैठकमा विरामीको कारण अनुपस्थिति भएका हुन् ।

शुक्रबार बसेको प्रतिनिधिसभाको बैठकमा सभामुख घिमिरेले समिति सदस्यमा सांसद कोइलीलाई मनोनयनका लागि प्रस्ताव गरेका छन् ।

सांसद कोइरीविरूद्ध २०७२ भदौ २५ गते सशस्त्र प्रहरी सहायक निरीक्षक थमन बिकलाई घेरा हाली कुटपिट गरी हत्या गरेको आरोपमा उच्च अदालत जनकपुरबाट थुनामा राखी पुर्पक्ष गर्न आदेश भएको थियो । त्यसपछि सांसद कोइली प्रहरीको फरार सूचीमा छन् ।

प्रतिक्रिया दिनुहोस्