काठमाडौं । एक साता लामो रस्साकस्सीपछि नेपाल प्रहरीका १८ एसपीको एसएसपी बढुवामा सिफारिस भएको छ । बढुवा सिफारिसमा धेरैजसो अब्बल अधिकृत अटाएका छन् ।
बढुवा भएका एसपीहरु क्रमशः विश्व अधिकारी, भूपेन्द्र खत्री, सानुराम भट्टराई र ओम प्रसाद अधिकारी
बढुवामा एसपी भूपेन्द्र खत्रीले फड्को मारेका छन् । डिएसपीबाट एसपी हुँदा उनी १२ नम्बरमा पुर्याइएका थिए । अहिले दोस्रो नम्बरमा सिफारिस भएको छ । बढुवामा यसअघिको गल्ती सच्याइएको चर्चा प्रहरीमा छ । रौतहतको एसपी हुँदा अफताब आलमलाई पक्राउ गरेर प्रशंसा कमाएका खत्री प्रहरीका अब्बल अधिकृत मानिन्छन् ।
पहिलो नम्बरमा विश्व अधिकारी कायमै रहेका छन् भने यसअघि दोस्रो नम्बरमा रहेका सानुराम भट्टराई तेस्रो नम्बरमा र तेस्रोमा रहेका ओम अधिकारीको चौथो नम्बरमा सिफारिस भएको छ ।
पाँचौ नम्बरमा शेखर खनाल उक्लिएका छन् यसअघि विश्वमणि पोखरेल पाँचौ स्थानमा थिए । पोखरेल १६ औं नम्बरमा पुगेका छन् ।
बढुवामा गंगा पन्त र तारादेवी थापा दुई महिला परेका छन् भने अब्लल अधिकृत बसन्त रजौरे छुटेका छन् ।
अबको पाँच वर्षपछि यही ब्याचबाट प्रहरी नेतृत्व चयन हुने भएकाले यो बढुवालाई निकै महत्वका साथ हेरिएको थियो ।