Logo
Logo

सिक्रि लुट्न निराको हत्या गरेको अभियुक्तको बयान


4.8k
Shares


काठमाडौं । १० दिनअघि कपनकी निरा आचार्य पान्डेको हत्यामा संलग्न भएको अभियोगमा प्रहरीले एक युवकलाई पक्राउ गरेको छ । झापाबाट पक्राउ परेका बिनोद विकलाई प्रहरीले काठमाडौं ल्याउँदैछ ।


प्रारम्भिक सोधपुछमा विकले सिक्रि लुट्नका लागि हत्या गरेको बताएका छन् । सिक्रि लुट्ने क्रममा प्रतिकार गर्दा आफुले हत्या गरेको उनको दाबी छ । निराको गलामा लगाएको सिक्रि समेत लुटिएको खुलेको छ ।
यद्यपी उनीमाथि थप अनुसन्धान भइरहेको प्रहरी भनाई छ । गत ७ बैशाखमा उनको हत्या भएको थियो । एआइजी किरण बज्राचार्यको नेतृत्वमा अनुसन्धान भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्