Logo
Logo

सूचना प्रविधि दिवसमा टेलिकमको ‘आइसिटी डे अफर’


441
Shares

काठमाडौं । नेपाल टेलिकमले राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस २०२३ को अवसरमा ग्राहकहरुका लागि आइसिटी डे अफर उपलब्ध गराएको छ । सो अवसरमा कम्पनीले भ्वाइस र डाटा प्याकेज उपलब्ध गराएको छ । यो अफर आज (२०८० वैशाख १७) देखि प्रारम्भ भएको र आगामी २०८० वैशाख १९ सम्म लागू हुनेछ ।

यसअन्तर्गत रु ४९ मा एक दिन चलाउन सकिने एक एमबीपीएस अनलिमिटेड डाटा र नेपाल टेलिकमकै नेटवर्कभित्र कल गर्न सकिने १०० मिनेट अननेट भ्वाइस सेवा उपलब्ध रहेको छ ।

यसैगरी डाटा प्याकेजअन्तर्गत रु. ९८ मा ३ दिन चलाउन सकिने ६ जीबी डाटा, रु. १९९ मा ७ दिन चलाउन सकिने १३ जीबी डाटा, रु. २९४ मा १० दिन चलाउन सकिने २० जीबी डाटा र रु. ३९९ मा १५ दिन चलाउन सकिने ३० जीबी डाटा प्याकेज उपलब्ध रहेको जनाएको छ ।

‘सुरक्षित सूचना प्रविधि, सुशासन र समृद्धि’ भन्ने मूल नारासहित राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस २०२३ आगामी वैशाख १९ गते मनाइँदै छ ।

प्रतिक्रिया दिनुहोस्