मनिला । फिलिपिन्सको सेनाले मध्य फिलिपिन्समा आइतबार गरेको आक्रमणमा सात संदिग्ध वामपन्थी विद्रोहीलाई मारेको छ ।
सेनाका क्याप्टेन जेफरसन मारियानोले बताएअनुसार गाउँलेहरूले त्यहाँ विद्रोहीहरूको आएको खबर दिएपछि सेनाले उत्तरी समर प्रान्तमा न्यु पिपुल्स आर्मी (एनपीए) लुकेको ठाउँमा आक्रमण गरेको थियो ।
उनीहरूबाट सेनाले गोला बारुद बरामद गरेको छ । एनपीए विद्रोहीहरू सन् १९६९ देखि सरकारविरुद्ध लड्दै आएका छन् ।
तिनीहरूले ग्रामीण क्षेत्रहरूमा आफ्नो आक्रमण केन्द्रित गरेका छन् । सैन्य तथ्याङ्क अनुसार एनपीएमा करिब २,००० सदस्यहरू छन् ।