काठमाडौ । काठमाडौमा एक मह उद्योगले चिनीमा केमिकल हालेर मह भन्दै बेच्दै आएको खुलेको छ । प्रहरी प्रभाग बुढानिलकण्ठले सोमबार बुढानिलकण्ठस्थित गार्डेन एपिअरी उद्योग प्रालिमा छापा हानी सञ्चालक पवन सत्याललाई पक्राउ गरेको हो ।
उनले उद्योगमा अस्वस्थकर मह बनाउने गरेको प्रहरी जनाएको छ । चिनीमा केमिकल राखेर मह बनाउँदै आएको पुष्टि भएपछि पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ ।
उनको उद्योगबाट सात सय बट्टा तयारी मह तथा ४० बाल्टिन कच्चा पदार्थ बरामद गरिएको बुढानिलकण्ठ प्रहरी प्रभागका इन्सपेक्टर दीपेन्द्र चन्दले बताए । महमा अखाद्य वस्तुहरु मिसावट गरेर बिक्रि हुँदै आएको र त्यसले जनस्वास्थ्यमा गम्भीर असर पार्ने भएकाले छापा हानी पक्राउ गरिएको उनले बताए । पक्राउ परेका उपर सामाजिक अपराध ऐन अन्र्तगत कारबाही अघि बढाएको छ ।