Logo
Logo

युक्रेनसँगको युद्धमा २० हजार रुसी सैनिक मारिएकाे अमेरिकाको दाबी


1.1k
Shares

काठमाडौं । अमेरिकाले युक्रेनसँगको युद्धमा २० हजारभन्दा धेरै रुसी सैनिक मारिएको दाबी गरेको छ ।

अमेरिकी राष्ट्रिय सुरक्षा परिषद्का प्रवक्ता जोन किर्बीले युक्रेन युद्धमा डिसेम्बरयता ती संख्यामा रुसी सैनिक मारिएको जानकारी दिएका हुन् । साथै थप ८० हजारभन्दा धेरै सैनिक घाइते भएका उनले बताएका छन् ।

अमेरिकाले डिसेम्बरको सुरुदेखि नै बाख्मुतमा भएको नोक्सानीको तथ्याङ्क राखेको जनाएको छ । युद्धमा ज्यान गुमाउनेमध्ये आधा भन्दा धेरैको संख्यामा भाडाका सैनिक रहेका छन् ।

रुसले गएको वर्ष फेब्रुअरीदेखि युक्रेनमा आक्रमण थालेको थियो । मस्कोले युक्रेनको बाख्मुतमा धेरैजसो भू–भाग कब्जा गरेको छ । तर युक्रेनी सेना आफ्नो क्षेत्र सुरक्षित गर्न लागिपरेका छन् ।

डोनबास क्षेत्रको बाख्मुतमा आक्रमण गर्ने रुसको प्रयास निरन्तर असफल भएको अमेरिकी राष्ट्रिय सुरक्षा परिषद्का प्रवक्ता किर्बीले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्