Logo
Logo

कसजुको स्वास्थ्यमा सुधार


- दृष्टि न्युज/संवाददाता

0
Shares

काठमाडौं, ५ मंसिर ।
राष्ट्रिय सूचना आयोगका पूर्व अध्यक्ष तथा बरिष्ठ पत्रकार विनय कुमार कसजुको स्वास्थ्यमा सुधार भएको छ । उनी मेडिसिटी अस्पतालमा उपचाररत छन् ।


निमोनियाबाट ग्रस्त भएपछि उनलाई कात्तिक १९ गते अस्पतालमा भर्ना गरिएको थियो । कसजुको स्वास्थ्यमा क्रमिक सुधार भइरहेको उनको परिवारले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्