Logo
Logo

मालपोतका हाकिमविरुद्ध भ्रष्टाचार मुद्दा दर्ता


2k
Shares


काठमाडौैं । मालपोत कार्यालय पर्साका तत्कालिन प्रमुख पदम प्रसाद अर्याल र नासु लेखनाथ भट्टराईविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार मुद्दा दायर गरेको छ । सार्वजनिक जग्गा व्यक्तिको नाममा श्रेस्ता तयार गरी बिक्रि गरेको पुष्टि भएपनि आयोगले मंगलबार बिशेष अदालतमा मुद्दा दायर गरेको हो ।


पर्साको तत्कालिन अलौ गाविसस्थित जग्गा व्यक्तिको नाममा पास भएको थियो । सो जग्गा आफ्नो नाममा ल्याएर बिक्रि गर्ने ज्याउल हक र एसानुल हकविरुद्ध पनि आयोगले मुद्दा दायर गरेको छ ।

प्रतिक्रिया दिनुहोस्