Logo
Logo

निजामतीमा नीतिगत समस्या सच्याउँने छु : मन्त्री त्रिपाठी


- दृष्टि न्युज/संवाददाता

0
Shares

काठमाडौं, ५ मंसिर । नवनियुक्त संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री हृदयश त्रिपाठीले वर्तमान अवस्थामा रहेको निजामती प्रशासनमा नीतिगत र संरचनागत समस्या सच्याउने बताएका छन् । बिहीबार पदभार ग्रहण गर्दै व्यक्तिगत र संरचनागत समस्याका कारण काम प्रभावित हुने गरेको बताए ।
मन्त्री त्रिपाठीले भने, ‘हरेक व्यक्तिको कार्यशैली फरक हुन्छ, त्यस्तै मेरो पनि । कार्यशैलीअनुसार साथीहरुले मलाई सघाउनुहुन्छ भन्ने विश्वास छ ।’ उनले संरचना नै कमजोर रहेको भन्दै संघीय निजामती सेवा ऐन छिटोभन्दा छिटो जारी गर्ने र कर्मचारी समायोजनको क्रममा देखिएका केही मनोवैज्ञानिक समस्याहरु समाधान गर्ने प्रतिवद्धता जनाए । मन्त्री त्रिपाठीले स्थानीय तह, प्रदेश र संघ बीचको अन्तरसम्बन्धलाई तारतम्य मिलाएर अघि बढ्न केही कानुन संशोधन गर्न आवश्यक रहेको बताए ।

प्रतिक्रिया दिनुहोस्